वीरगंजमा अहिले नोवेल कोरोना भाईरस ( कोभिड १९ ) समुदाय स्तरमा फैलि सकेको छ । प्रत्येक दिन ५० जना जति संक्रमित भेटिने र २ जना सम्मको मृत्यु भईरहेको छ । त्रासको महावल छ । पिडाको महावल छ । कोरोनका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि प्रहरी प्रशासन तीन तीन घण्टा समुदायसंग भिडनु पर्ने छ । शदवतका लागि पनि शव तीन तीन दिन अस्पतालमै विताउनु पर्ने अवस्था छ । त्यस भन्दा पनि एक अर्कामा दोषारोपण गर्ने तर कोरोनासंगको लडाईका लागि तयारी नगरिएका कारण नेतृत्व प्रति आम मानिसको आक्रोस छ । वीरगंजमा बसेर अहिले वीरगंजको अवस्था हेर्दा सव थोक भएर पनि नभएको जस्तो छ । हुन पनि हो यसो हेर्दा वीरगंजमा के को कमी छ । प्रदेश २ कै सुविधा सम्पन्न अस्पताहरु छन । देशकै अर्थतन्त्रलाई चलायमान बनाउन क्षमता राख्ने उधोगपति, राष्ट्रिय स्तरको सरकारी अस्पताल । पैसा, पावर, सुविधा सवै थोक छ यहाँ तर । काम लागिरहेको छैन । संक्रमितहरु अस्पताको आईशोलोसनमा स्थान नपाएर घरमै वस्न बाध्य भएका छन । कतिपय बाहिर घुमिरहेका पनि होलान । आखिर के भएको हो वीरगंजलाई ? यहाँको व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो । संघिय सरकारको क्षेत्र भित्र पर्देन र ? के प्रदेश सरकारको दायित्व होईन ? भोजपुरीमा एउटा उखान छ ढेण साधु मठ उजार यस्तै भएको छ यहाँ । नाम चलेकै उधोगपति वीरगंज महानगरको मेयर, प्रदेश २ का मुख्या मन्त्री यहीका स्थानीय र संघिय सरकारका अनिर्वाचित नेताज्यूहरु । यहि भएको यहाँ स्थानीय सरकारले प्रदेश र संघिय सरकारलाई आरोप लगाउने, प्रदेश सरकारले संघिय सरकारलाई यति भए पछि संघिय सरकारले यता फर्केर किन हेर्ने ।
२०७६ साल चैत्र ३० गते वीरगंजमा ३ जनमा कोरोना भाईरस संक्रमण भेटिएको थियो । त्यो समय देखि नै वीरगंजमा चुनौती छ । यसका लागि तयार रहने कुरा सवैले गरे तयारी भएन । न त गण्ड बाहेकका कोभिड अस्पताल नै बन्न सके न त अरु नै कुनै ठोस काम हुन सक्यो । त्रास विस्तारै बानीमा परिवर्तन हुदैन गयो र सरकारहरुको वाचा, बैकठ र भाषण ईतिहास बन्दै गयो । एक महिना पछि पुन २०७७ साल वैशा ३० गते दुई जना पत्रकार सहित ५७ जना कोरोना भाइरसबाट वीरगंजमा संक्रमित भेटिएपछि एकाएक वीरगंज क्षेत्र अझ त्रसित बन्यो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ ग¥यो । धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय ग¥यो । फेरी हाम्रा सरकारहरु बैठक र छलफलमा जुट तयारी गर्ने वाचा गरे र आफनो काममा लागे । सरकारका नीतिहरु परिवर्तन भए । क्वारेन्टिमा बसेका बाहेको कोरोना परिक्षण गरिएन । विस्तारै क्वारेन्टिका व्यतिmहरु काम हुदै गएर र संक्रमितको संख्या पनि कम हुदै गयो । असारको अन्तिम सम्म आउदा वीरगंजमा जम्मा २ जना संक्रमित उपचाररत थिए र स्थानीय स्तरमा बनाइएका क्वारेन्टि रितो हुन थालेका थिए । सरकारहरु पनि कोरोना भन्दा पनि असारे विकासमा लागेका थिए । लकडाउन हटेको थियो । बजारहरु खुलेका थिए । सिमा नाका बन्द गरिए पनि आउने आएकै थिए जान गएकै थिए । विभिन्न बहानामा ओहोर दोहोर भईरहेको थियो । उता प्रण्ड र ओलीको ओहोर दोहोर जस्तै । प्रदेश सरकार पनि कोरोनाका लागि अस्पताल भन्दा पनि असारे विकासको अनुगमन लागे । मलाई त के लाग्छ भने असारे विकासका लागि कोरोना नै क्वारेन्टिमा वस्यो ।
सावनको पहिले हप्ताबाट शुृरु भयो कोरोनाका कहानी । सरकारले पैसा तिरेर कोरोना परिक्षण गराउन सक्ने नीति ल्याए पछि वीरगंजमा पनि त्यो सेवा उपलब्ध भयो । काम विशेष र उपचारका लागि राजधानी जानेहरु परिक्षण गराउन गए त्यस पछि पोजेटि केश निस्कन थाले । २÷२ गर्दै अहिले सरदर ५० जनामा पोसेटिभ देखिएको छ । कोरोना उन्मुख रहेको वीरगंज एकाएक हट स्पोट बनेको छ । सावन ८ गते एक जना कोरोना संक्रमितको मृत्य भयो त्यस पछि वीरगंजको अवस्था भयावह नै छ । त्यस पछि क्रमश थुनुवा, प्रहरी, अस्पतालका कर्मचारी, सेना , डाँक्टर, पसलवालामा पनि संक्रमण देखियो र लक्षण सहितको । सावन १० गते देखि वीरगंजमा निषेधज्ञा जारी गरी समुदाय स्तरमा परिक्षको कामलाई अगाडी बढाईयो । अहिले महानगरका नगरप्रमुख, सांसद, पालिका प्रमुख लगायत ५०० जना भन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमितको संख्या बढे पनि तयारीको अवस्था उस्तै थियो । ५० बेडको गण्डक कोभिड अस्पताल ।
यसरी वीरगंजको अवस्था भयावह भईरहदा पनि यहाका नेतृत्वले नेतृत्व गर्न सकेनन । वीरगंजले अभिभाव भुमिका कसैलाई पाउन सकेन । स्थिति भयाव हुदाँ सम्म पनि ठोस कम चालिएन । सिमा नाका बन्दा हुदाँ पनि मानिसहरु कसरी ओहोर दोहोर गरे । कारखाना सम्म भारतीय मजदुर कसरी पुगे ? यसको जवाफ कसले दिने । प्रदेश २ सरकारले वीरगंजमा लागि के गरे । यतिका दिन भईसक्दा सम्म वीरगंजमा सरकारी स्तरको कोरोना विशेष अस्पताल निर्माण किन हुन सकेन ? जवाफ दिने कोही छ ? के अरुलाई लगाउन वितिक्कै आफनो जिम्मेवारी सकियो ? राजधानी प्रवेश गर्नेलाई सडकमै कोरोना परिक्षण गर्न तर वीरगंजको अवस्था यस्तो भईसक्दा पनि चिकित्सक सहितको विशेज्ञ टोली वीरगंज आउन नहुने ? २०७६ साल चैत्र ३० गते पहिलो पटक संक्रमित भेटिदाँ जस्तो तयारी थियो । अहिले पनि अवस्था त्यस्तै छ । विचको समयमा सम्बन्धि निकायले के गरेर वसे । यहाँका विधायक ज्यू, सांसद ज्यु, पार्टीका वरिष्ठ ज्यूहरु के लागि ? वीरगंज वासीसंग चन्दा लिएर किनिएको मेशिन के का लागि ? एउटा काम हुलाँ जस लिने अनुसार पुस्तिकामा फोटो राख्ने आफना नजिकका संचार माध्यमा समाचार लेखाउने तर हुन नसकेका कामको जिम्मेवारी कसले लिने ? कसका कारण आज वीरगंजको यस्तो अवस्था आयो ।