९ असार, वीरगञ्ज
सचेत युवाको समूहले युवा लक्षित नीति, कार्यक्रम तथा बजेट ल्याउन स्थानीय पालिकाको ध्यानाकर्षण गराएका छन् । स्थानीय सरकारको बजेटमा युवालाई प्राथमिकता दिनुपर्ने भन्दै उनीहरुले पर्सा र बाराका दुईपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र परवानीपुर गाउँपालिकाका प्रमुख हरि नारायण साह प्रसाद साहलाई मंगलबार ज्ञापनपत्र बुझाईएको हो । तन्नेरी चासोकी दिपज्योती श्रेष्ठ र हाम्रो अभियानका शिवनाथ यादवले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्रमा स्थानीय सरकारले कलकारखाना खोलेर युवालाई रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने, खेलकुद, शिक्षा र राजनितिको अभ्यास मुलक तालिम, गोष्ठि ,सभा तथा सम्मेलन गराई युवाशक्तिको सदुपयोग हुने किसिमको योजना ल्याउनुपर्ने, कृषिलाई प्राथमिकता दिई स्थानीय स्तरमा रोजगरी सृजना हुनेगरि युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने, रोजगारहरुलाई सीप विकास गराई वा क्षमता मूल्यांकन गरी रोजगारीको व्यवस्था गरिनुपर्ने, युवा विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउनुपर्ने, युवा लक्षित ऋण कार्यक्रम न्यूनतम व्याजदरमा उपलब्ध गराउन समन्वय गरिदिनुपर्ने र सिप मुलक तालिम दिलाउनुपर्ने माग राखेका छन् ।
त्यसरी सिप दिँदा अनावश्यकले नभई आवश्कता भएकोले मात्रै पाउनुपर्ने उनीहरुको भनाई छ ।
त्यसैगरि उनीहरुले स्थानीय सरकारलाई नीति, कार्यक्रम तथा बजेटमा समेट्न विभिन्न सुझाव पनि दिएका छन् । स्थानिय पर्यटकीय स्थलको प्रचारप्रसार र संरक्षणमा ध्यान दिन, योजना र योजना कार्यान्वयन गर्न उच्चस्तरीय मापदण्ड तयार गर्न, पालिका भित्र रहेका रोजगार र बेरोजगार, शैक्षिक अवस्था, गरिब लगायतको यकिन तथ्यांक संकलन गर्न, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उत्पादित बस्तु तथा सेवाको बजार व्यवस्थापनमा सघाउन, युवाहरुको उद्यम विकास गरी घरेलु तथा साना उधोगलाई प्रर्वधन गर्न, संघिय सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर दिने भनेको २५ लाखसम्मको सहुलियत ऋणका लागि सहजिकरण गर्ने कार्यक्रम राख्न र युवाको नविनतम सोचलाई कार्यान्वयन गर्न कोष स्थापान गर्न सुझाव दिएका छन् ।
हरेक वर्ष स्थानिय सरकारले साउनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने गर्दछ । बजेट ल्याउनु भन्दा अगाडी विभिन्न चरणमा छलफल हुने गरेको छ । तर यसवर्ष कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोले छलफलहरु खासै हुन पाएको छैन । भएका छलफलमा पनि सरोकारवालाको खासै सहभागिता हुन सकेको छैन । निषेधाज्ञा खुकुलो बनाईएकोले पालिकाहरुमा धमाधम नीति, कार्यक्रम तथा बजेट बनाउने, सार्वजनिक गर्ने काम भईरहेको छ ।
यसैलाई मध्यनजर गरेर तन्नेरी चासो, हाम्रो अभियान र संस्कृतिमा आवद्ध सचेत युवाहरुले ‘हाम्रो बजेट हाम्रो चासो अभियान’ सञ्चालन गरेका थिए । जसको उद्देश्य युवाले आफ्ना वरपर देखेका तथा भोगेका समस्या र समाधानका संभावित उपाय स्थानीय सरकारसम्म पु¥याउनु रहेको हाम्रो अभियानका संयोजक शिवनाथ यादव बताउँछन् ।
अभियान अन्र्तगत यी संस्थाहरुले मिलेर वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र परवानीपुर गाउपालिकाका १५ बर्षदेखि ४० वर्ष उमेरका युवाबीचमा गुगल फर्म बनाएर बजेटमा समेट्नुपर्ने कुराहरुको बारेमा सर्भे गरिएको उनी बताउँछन् । सर्वेक्षणमा दुई सय जना सहभागी भएका थिए । उनीहरुले आफ्ना वरपर देखिएको समस्या र अगामी आर्थिक वर्ष २०७८÷७९ मा गर्नुपर्ने कामहरुको बारेमा दिएको सुझावका बारेमा नै सम्बन्धित पालिकाको ध्यानाकर्षण गराईएको संयोजक यादव बताउँछन् ।
ज्ञापनपत्र बुझ्दै दुवै पालिकाका प्रमुखहरुले उचित माग र सुझावलाई नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने आश्वासन दिएका छन् । परवानीपुर गाउँपालिकाका प्रमुख साहले जनप्रतिनीधिको लामो रिक्तता पछि स्थानीय सरकार आएकोले पूर्वाधारमा बढी लगाउनुपर्ने आवश्यकता देखिएपनि युवा लक्षित कार्यक्रम ल्याउने बताए । युवा लक्षित कार्यक्रमका लागि युवाहरु जागरुक हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले युवा लक्षित कार्यक्रम राख्दा युवाहरुले चासो नदिएको विगतको तितो अनुभव आफूसँग रहेको बताए ।
‘ राम्रो कार्यक्रमहरु आउँदैनन, देखाउनका लागि गरिने कार्यक्रममा बजेट दिँदा त्यसै खेर जान्छ ।’ उनले भने ‘ नतिजामुखी कार्यक्रमका लागि महानगरले युवालाई साथ दिन्छ । नीति, कार्यक्रम र बजेटमा युवाका लागि धेरै कुरा समेट्छौं ।’
३१ जेठ, वीरगंज
गत जेठ १५ गते संघीय सरकारले आर्थिक वर्ष २०७८÷ ७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । सोही क्रममा सातै प्रदेशमध्ये केहीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरकेका छन् भने केहीले प्रस्तुत गर्ने क्रममा छन् । यस्तै, सातै प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि असार १ गते भित्रमा बजेट प्रस्तुत गरिसक्नु प्रावधान रहेकाले लगभग सबै प्रदेशको बजेट असार १ गते आउने देखिन्छ । त्यस पश्चात देशभरका स्थानीय तहहरुले असार १५ गते भित्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरी बजेट ल्याउने पर्ने प्रावधान छ ।
तीनै तहका सरकारले ल्याएको वा ल्याउने बजेट युवा मैत्री छ कि छैन ? कसरी बजेटलाई युवामुखी बनाउनु सकिन्छ । हालसम्म आएका बजेटमा युवा लक्षित कार्यक्रमहरु कस्ता छन् ? ती कार्यक्रमहरुबाट वास्तविक युवाहरु लाभान्वित हुन सक्ने अवस्था कस्तो छ ? के कारणले गर्दा कार्यन्वयनको अवस्था फितलो छ ? अब प्रदेश र स्थानीय तहहरुले युवाहरुलाई प्रोत्साहन गर्न कस्ता बजेट ल्याएको खण्डमा उनीहरु लाभान्वित हुन सक्छन् ? आदि विषयवस्तुको सेरोफेरोमा हाम्रो अभियान र तन्नेरी चासोले संयुक्त रुपमा शुरु गरेको ‘बजेट बहस’ नामक स्तम्भ अन्र्तगत बजेटमा युवा चासोबारे भएको बहसमा केही युवाहरुले यस्तो धाराणा व्यक्त गरेका छन् ।
वास्तविक युवाको पहँुचमा पुग्ने गरी बजेट आउनुपर्छ
इन्जिना पन्थी
युवा हरेक परिवर्तनका संवाहक मानिन्छन् । तर यो भनाई भनाईमा मात्र सिमित देखिन्छ । गराईमा अवस्था यसको ठिक विपरित छ । आर्थिक वर्ष २०७८ ७९ कै बजेटलाई हेर्ने हो भने युवासँग सम्बन्धित मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयलाई गत आवको भन्दा आधा बजेट बिनियोजन गरिएको छ । त्यसमा पनि युवालाई भन्दा खेलकुदलाई बढी बजेट दिइएको छ । यसै तथ्यांकले नै प्रष्ट पार्छ किन युवा सरकारको प्राथमिकतामा परेका छैनन् । आन्दोलनमा ढुंगा हान्ने बेलामा मात्र युवा राजनितीक नेतृत्वको प्राथमिकतामा पर्ने गरेका छन् ।
अर्को कुरा युवा प्राथमिकतामा परेनन् मात्र भन्नु भन्दा किन परेनन् भनेर खोतल्न जरुरी छ । नीति निर्माण गर्दा युवाहरु प्राथमिकतमा नपर्नुको कारण के रहेछ भने विकास साझेदारहरुले जब युवा सहभागिताको कुरा उठाउन थाले अनि मात्र सरकारले नीति निर्माण गर्दा युवालाई अलि अलि प्राथमिकतामा राख्न थालेको हो । नीति निर्माणमा युवालाई थोर बहुत सहभागी गराइए पनि कार्यन्वयन तहमा युवा सहभागिता फितलो छ । यसको कारण के हो भने नीति निर्माणकर्ता आफुले बनाएको नीतिमा इमाान्दार नभएर हो । अरुको दबाबमा नीति बनाएको भएर कार्यन्वयन तहमा युवा सहभागिता फितलो भएको हुन सक्छ । उदाहरणको रुपमा युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम आएका थिए जुन त्यति सफल हुन सकेन । यसबाट मात्र राजनैतिक दलका नजिकका र नीति निर्माणकर्ताका नजिकका युवा मात्र लाभान्वित भए । वास्तविक युवा यसको पहँुचमा पुग्नै सकेनन् । त्यस्तै, अहिलेको बजेटमा प्रमाणपत्र राखेर २५ लाख कर्जा दिने नीति ल्याइएको छ । यो पनि यिनै कारणहरुले सफल हुन सक्दैन भन्ने आशंका छ । तेस्रो कुरा के हो भने ल्याइएका नीति कत्तिको कार्यन्वयन भए भनेर अनुगमन गर्ने पाटो पनि फितलो छ । यसर्थ, युवा प्राथमिकता पर्ने, कार्यन्वयन गर्ने र अनुगमन गर्ने पाटोमा नै समस्या छ । यसलाई परिवर्तन गर्नु जरुरी छ ।
पोलिसी मात्र राम्रो भईदियो भने बजेट कम भए पनि युवाहरुले गरेर देखाउन सक्छन्
आशु सर्राफ
सर्वप्रथम त नेपालको परिवेशमा म के भन्छु भने नेपालमा युवाको बारेमा बोलिदिने मान्छै नै कम भए । जति पनि सिमित मान्छे छन्, उनीहरुको वकालतले मात्र परिणाम आईरहेको छैन । युवाहरुलाई लागि हरेक वर्ष आउने बजेट नै सदुपयोग भइरहेको हुदैंन । त्यसकारण बजेट कम हुदैं गईरहेको छ । यसो हुनुको कारण के हो भने युवाहरु यसबारे अनभिज्ञ छन् । विभिन्न कारणले गर्दा युवाहरु हतोत्साही भएर विदशे पलायन भइरहेका छन् । युवाहरुका लागि बोलिदिने, मागिदिने र युवा स्वयं आफै पनि अनभिज्ञ हुँदा बजेट कम भइरहेको छ । अर्को कुरा, युवाका लागि बजेट आउँदा पनि कार्यन्वयनमा जाँदा परिणाममुखी भइरहेको छैन । यसको कारण के हो भने नीति नै राम्रो बनेको हुँदैन । नीति परिवर्तनकारी, प्रष्ट र फराकिलो नहुँदा बजेट परिणाममुखी भइरहेको छैन ।
मुख्यतया युवाहरुलाई प्राथमिकतामा राखेर बजेट नै राखिएन । अनि, अर्कोतर्फ युवा स्वरोजगार बढाउने युवा प्रसासलाई पनि हतोत्साही गर्ने काम गरिएको छ । त्यो पनि देशको राजधानी काठमाडौंमा नै यस्तो हुन्छ भने हाम्रो जस्तो पिछडिएको प्रदेश २ मा त स्वयं प्रयास गर्न आँट नै आउदैन । जसको फलस्वरुप युवाहरु पलायन हुन्छन् । यसो हुनुको कारण नीति गलत भएर हो ।
अर्को कुरा के आउँछ भने केन्द्र सरकार भन्दा पनि प्रदेश र स्थानीय सरकारले पनि युवाहरुलाई प्राथमिकतामा राखेनन् । नीति निर्माण गर्दा युवाहरुलाई सहभागि नै गराईदैन । सिमित विज्ञ भनिएका व्यक्तिहरुको सल्लाहलाई लिएर नीति निर्माण गरिन्छ । यसले गर्दा सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको सहभागिता बिना बनाईने नीति कसरी राम्रो हुन सक्छ । यसले गर्दा यो सबै समस्या भइरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने बजेट हुँदा हुँदै पनि पोलिसी राम्रो भईदिएन भने बजेटबाट लाभान्वित हुन सक्ने अवस्था छैन । बजेट फ्रिज भएर जान्छ । पोलिसी मात्र राम्रो भईदियो भने बजेट कम भए पनि युवाहरुले गरेर देखाउन सक्छन् ।
युवाको शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरमा बजेट बिनियोजन गरिनुपर्छ
उमा पौडेल
सरकारको बजेट, कार्यक्रम र नीतिमा हालसम्म युवाहरुलाई जसरी सम्बोधन गरिएको छ, त्यो सन्तोषजनक छैन । केन्द्र सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ ७९ को बजेट पनि यसबाट अछुतो रहन सकेन । खेलकुदमा मात्र होइन, युवाको शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरमा पनि बजेट बिनियोजन गरिनुपर्छ । हरेक वर्ष करिब साढे ४ लाख युवा रोजगारी र अवसरका लागि श्रम बजारमा आउँछन् । तर सरकारले हालसालै प्रस्तुत गरेको बजेटमा चाहिं १२ हजारलाई मात्र स्वरोजगारी प्रदान गरिने भन्ने उल्लेख छ । यसबाट नै प्रष्ट हुन्छ कि युवाका लागि बजेटको अवस्था कस्तो छ । अर्को कुरा युवालाई स्वरोजगार बनाउने भनेर सरकारले ल्याएका कार्यक्रम र पोलिसी जति पनि छन्, तिनीहरुको कार्यन्वयनको अवस्था नै लाजमर्दो छ । सरकारले नीति मात्र ल्याउने गर्छ । प्रष्ट निर्देशनको अभावमा कतिपय युवा लक्षित कार्यक्रम विफल भएका छन् । युवाहरुको जनसंख्याको ५० प्रतिशत जति युवा कृषिमा जोडिएका छन्, उनीहरुलाई उत्प्रेरित गर्ने गरी खोई त बजेट ल्लाएको सरकारले ? सरकारको कार्यक्रम, बजेट र नीति युवा मैत्री हुन सकेनन् । यद्यपि, सरकारलाई ल्याएका बजेट र कार्यक्रममा केही सकारात्मक कुरा पनि छन् ।
वीरगञ्ज – बाराको कलैयामा तन्नेरीसँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सक्रिय युवा युवतिहरुको समुह हाम्रो अभियान पर्साको आयोजनामा भएको कार्यक्रममा बाराका ३ वटा स्थानीय तहका प्रमुखसँग अन्तरक्रिया गरिएको छ ।
बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता र परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहसँग तन्नेरीहरुले साढे ३ वर्षसम्मको अवधिमा गरेका कामकारवाही तथा अनुभवको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले साढे ३ वर्षको अवधिमा उल्लेख्य रुपमा परिवर्तन आएको जिकिर गर्नुभयो । भौतिक पुर्वाधारको विकाससँगै जनचेतनामुलक कार्यक्रमहरु पनि नगरपालिकाले सञ्चालन गरीरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने यादबको भनाई छ ।
त्यसैगरी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले समाजले हरेक कुरालाई सकरात्मक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले युवामुखी कार्यक्रमको लागी ठोस योजनाका साथ समुहगत रुपमा युवाहरु आए गाउँपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यस्तै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहले समाजका हरेक क्षेत्रमा गाउँपालिकाले काम गरीरहेको दावी गर्नुभयो । महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, युवा लगायतका क्षेत्रमा सुधार र विकासका कार्यहरु भइरहेको उहाँको भनाई छ । संघियतापछि प्राप्त गरेको स्वतन्त्रताको महत्व नबुझेकाहरुले सडकमा राजतन्त्रको पक्षमा आवाज उठाउँदैमा लामो संघर्षपछि प्राप्त गरेको व्यवस्था नफेरीने दृढता व्यक्त गर्नुभयो ।
प्राविधिकि शिक्षा, सिपमुलक तालिम लगायतका योजनामा पनि गाउँपालिकाले लगानी गरेर युवाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ पनि गाउँपालिका अग्रसर रहेको साहले बताउनुभयो ।
कलैयाको विश्वास एफ एमबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको सहजिकरण हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादबले गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
संरचना परिवर्तन भए पनि हाम्रो सोच परिवर्तन हुन सकेको छैन । बानि व्यवहार परिवतैन हुन सकेको छैन । संबिधान तहः स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि त्यसको भरपुर प्रयोग हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधि आए पनि असारे विकासको बानी जान सकेको छैन । अरुले दवाव नदिए सम्म आफनो काम समयमा सकाउने बानी लागेको छैन । गत वर्ष स्थानीय तहहरुले समयमा नगर सभा नसकेको धेरै समाचारहरु आए । त्यसैले होला यस वर्ष संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएपछि स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । देशभर अधिकांश स्थानीय तहले असार १० कै मितिमा नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । केही स्थानीय तहले सहजरुपमा नीति तथा कार्यक्रम ल्याए भने कतिपय स्थानीय तहले विवादका बीच नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । समय हुदाँ तयारी नगर्ने तर अन्तिम समयमा आएर हतार हतार गर्ने जसका कारण जनताको त कुरै छोडौ मेयर र उपमेयर विच नै नीति, कार्यक्रम तथा बजेट बारे छलफल नभएकोले विवाद देखिएको छ । कतिपय स्थानमा मेयरको कक्षमा उपमेयरको नेतृत्वमा ताल्चा लगाउने, आन्दोलन गर्ने काम समेत भएको छ । मेयर र उपमेयरको लडाईमा आम जनताको काम कार्वाही तथा विकास निर्माणको काम समेत प्रभावित भएको छ । बाहिरी रुपमा नीति,तथा कार्यक्रम र बजेटको विषयमा कुरा नमिलेकोले झगडा भएको देखिए पनि भित्री रुपमा भागबण्डा नमिलेकोले विवाद भएको समाचारहरु बाहिर आईरहेका छन । वास्तवमा जनप्रतिनिधि विच किन हुन्छ विवाद ? के कालागि हुन्छ विवाद ? के आ अफनो स्वार्थका लागि लडाई गरुन भनेर जनताले मत दिएका हुन त यी मेयर र उपमेयरलाई ?
स्थानीय सरकारका प्रमुख र उपप्रमुख बीच हुने द्वन्द्वका विविन्न कारण देखिएका छन् । अधिकार प्रयोगमा एकले अर्कालाई असहयोग गर्ने, सकेसम्म हस्तक्षेप गर्ने प्रवृत्ति हो । प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्दा उपप्रमुखसँग सामान्य परामर्शसमेत नलिने प्रवृत्ति छ । त्यस्तै, उपप्रमुख संयोजक रहने न्यायिक, अनुगमन, राजस्व परामर्शलगायतका समितिको व्यवस्थापनमा प्रमुखले बेवास्ता गर्ने गरेका छन् । एकअर्काका अधिकार क्षेत्रमा हस्तक्षेप गर्न खोज्दासमेत द्वन्द्व निम्तिएका छन् । स्रोत–साधन दोहनको तानातानले निम्त्याएको छ । बराबरी कार्यकक्ष, सवारी साधन र सेवा–सुविधाको माग प्रमुख–उपप्रमुख झगडाको मुख्य निहुँ बन्ने गरेका छन् । दैनिक खर्च प्रणालीलाई लिएर पनि मतभेद बढेका छन् । स्थानीय सरकारले गर्ने अधिकांश सहायता, चन्दा र कार्यालय खर्चको निर्णय प्रमुख एक्लैले लिने गरेका छन् । त्यसले उपप्रमुखमा चरम असन्तुष्टि जन्मिएको छ । जनताका लागि भनेर काम गर्ने जनप्रतिनिधि जनताको भन्दा आफनो स्वार्थ पुर्तिको लागि झगडा गरेका हुन की जतनाका लागि ?
७ प्रदेशमध्ये प्रमुख, उपप्रमुखमा सबैभन्दा धेरै द्वन्द्व र विवाद प्रदेश २ मा देखिएको छ । स्थानीय सरकारको राम्रो पद्धति विकास गर्ने भन्दा प्रमुख–उपप्रमुखहरू आफ्नो स्वार्थका काममा बजेट, आर्थिक सहायता वितरण र बिल भर्पाइमै अल्झिएका छन् । प्रमुखले हाँक्ने र उपप्रमुखले नियन्त्रण र अनुगमन गर्ने व्यवस्था गरिएको छ । प्रमुखलाई लगाम लगाउने अधिकार उपप्रमुखसँग छ, तर आफ्नो अधिकार क्षेत्रभित्र रहेर । मुख्य पदमा एक महिला अनिवार्य भए पछि पुरुष नेताले उम्मेदवारी नपाए आफ्नो सट्टा पत्नी वा छोरीलाई उम्मेदवार बनाएका थिए । अरु उपप्रमुख भए पनि खटनपटन भने पति वा बुवाको चल्दै आएको छ । यो विवादमा उपप्रमुखका पर्दा पछाडीबाट अरुको भूमिका देखिएको छ । जनताको काम भन्दा पनि आफनो स्वार्थका लागि झगडा गर्नेहरु बढी छन । अरु सयमा चुप लागेर बस्ने तर रकम निकासाको समयमा झै झगडा गर्ने मेयर र उपमेयरको नियत माथि आम जनताले शंका गर्नु स्वभाविक नै हो ।
आ.व. २०७५÷७६ देखि प्राथमिक विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकाहरु विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । विद्यालय जाने बालबालिकाको संख्या पनि केही बढेको छ । गत आर्थिक बर्षमा संघिय सरकारले सवै स्थानीय तहमा एकमुष्ठ रकम पठाए पनि विभिन्न वहानामा दिवा खाजा कार्यक्रम आर्थिक मसान्त सकिन तीन महिनामा बाँकी रहदा सुरु भयो । दिवा खाजा कार्यक्रमको बारेमा विभिन्न टिकाटिपणी पनि भए । तर खाजाको वाहानामा भए पनि यसले विद्यार्थीको संख्या बढाएकै छ ।
तर, चालु आर्थिक वर्ष सुरु भए यता स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुमा रकम निकासा गरेर नपठाएका कारण साउन महिना बितिसक्दा पनि अहिले सम्म दिवा खाजा कार्यक्रम सन्चालन हुन सकेको छैन । यो कुरा विद्यालयका शिक्षकहरु आफै बताइरहेका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो महिना साउनमा स्थानीय तहले दिवा खाजाको रकम विद्यालयमा नपठाउँदा साउन १ गते देखि विद्यार्थीहरु दिवा खाजाबाट बन्चित भएको सामुदायिक विद्यालयहरुका ब्यवस्थापन समिति सदस्यहरुको पनि भनाइ छ । दिवा खाजा कार्यक्रम रोकिएपछि ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्यामा कमी आएको छ । तामझामका साथ कार्यक्रम गरिने तर त्यसको निरन्तरतामा कसैको ध्यान किन जादैन ? यो दिवा खाजा कार्यक्रम एक आर्थिक बर्षको लागि मात्र थियो कि निरन्तर कार्यक्रम हो ? खोइ त यसको बारेमा स्पष्टता ? खोई त यसको निरन्तरता ?
विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन तथा टिकाउनका लागि ल्याइएको यो कार्यक्रम सफलतापुर्वक लागु गर्न सके यसबाट लाभ लिन सकिन्छ । तर त्यसका लागि खोइ त जनप्रतिनिधिको चासो ? दिवा खाजा कार्यक्रममा देखिएको ढिलासुस्तीका बारेमा आफुहरु समबन्धित निकायसंग जानकारी लिएर चाडै रकम निकासाको प्रक्रिया अगाडि बाढाउने स्थानीय तहका प्रमुखहरुको प्रतिबद्धता त छ । तथापि यो कार्यले गति लिन सकेको छैन । सुरुमा ठोस योजना नबनाउने ? अनि सवै काम अन्तिममा आएर गर्ने बानी स्थानीइ तहहरुमा पनि सरको छ । निरन्तर हुनु पर्ने कार्यक्रम विचमा रोकिनु पक्कै पनि राम्रो होइन । यस तर्फ स्थानीय प्रमुखहरुको ध्यान जान जरुरी छ । कुन निकायबाट कसरी व्यवस्थापन गर्ने त्यो समयमा नै सोच्नु प¥यो । विद्यालयमा भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाई राख्नका लागि यस कार्यक्रमको ठुलो भुमिका हुन सक्छ । अहिले माध्यमिक तह सम्मको विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका स्थानीय सरकारहरुले यसलाई निरन्तरता दिएर राम्रो व्यवस्थापनको रुपमा पहिचान बनाउने अवसर आएको छ । यस अवसरलाई सदुपयोग गर्न सक्नु पर्छ ।
सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यवधि २०७३ मा स्थानीय स्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह (शक्ति दिने) चामल, गहुँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि समेटिएको छ । यस्तै, प्रोटिन समूह अन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु र अन्डा पर्छन् । यसैगरी, शरीरका अंगहरूको सन्तुलित विकास र कार्य क्षमता वृद्धि गर्ने स्याउ, सुन्तला, जुनार, नासपाती, मेवा, केरा र चिल्लो पदार्थ समूहहरू घिउ तेल, नौनी, दूध, दही लगायत पर्छन् । यसरी कार्यविधिले तोके अनुसारको खाजा खुवाउने पर्ने र यसको निरन्तरता दिनु पर्ने तर्फ स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । कतिपय विद्यालयमा विद्यालयले व्यवस्थापन गरेर यस कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । राम्रो गर्ने सोच भएका विद्यालयले यसको व्यवस्थापन गरिरहेको पाइएको छ । त्यसैले हरेकले आफनो विद्यालयमा दिवा खाजा कार्यक्रमको निरन्तरताको बारेमा सोच्न ढिलो गर्नु हुन्न । विद्यालय भर्नाको लागि अभिभावकत्व ग्रहण जस्तै यो पनि प्रभाव विहिन कार्यक्रम नबनोस् ।
सामान्यतया १० जूनदेखि सुरु हुने मनसुन यो वर्ष नेपालमा १० दिन ढिलो अर्थात २० जूनदेखि सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहे पनि देशभर फैलिन भने अझै केही समय लाग्ने छ । जूनदेखि सेप्टेम्बर सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ । तराईमा प्रचण्ड गर्मी खेपी रहेकालाई यो मनसुनले राहतको सास फेर्ने अवसर प्रदान गर्छ । तर यसका साथसाथै वर्षातसंगै आउने बाढी पहिरोले त्रासको वातावरण सृजना गर्छ । कतिपय स्थानमा वर्षायाम शुरु हुन साथ स्थानीयको मनमा चिसो पस्छ । रातिको निन्द्रा हराम गर्ने गर्छ । तराईका जिल्लाहरुमा नदी टुटेर गाउमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवानमा पर्ने गरेको देखिन्छ । तर यसलाई नियन्त्रण गर्नका योजना वद्ध तरिकाले अगाडी नढेको देखिन्छ । अहिले स्थानी तह अधिकार सम्पन्न भएको छ भने प्रदेश सरकार गठन भई प्रदेशको लागि काम गरिरहेको छ । आफनो प्रदेशको समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्नु पर्ने प्रदेश सरकारको दायित्व होईन र तर खोई त यसको लागि अगाडी बढेको प्रदेश सरकार । स्थानीय स्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ स्थानीय सरकार गठन भएको छ गाउ गाउमा जनप्रनिधिहरु निर्वाचित भएका छन तर खोई तयारी ? आफनो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगासम्मको व्यवस्थापन नगरेको देखिन्छ । यो आखिर किन ध्यान नगएको होला ? यस्तो हो भने स्थानीय सरकारको भुमिका खोई त ? खोई त स्थानीय स्तरमा पुर्वतयारी ?
कुनै स्थानमा कुनै पनि किसिमको विपत गयो भने पहिलो रेस्पोन्स गर्ने भनेकै समुदाय हो । सवैभन्दा पहिला समुदाय नै त्यहाँ पुग्छ र सहयोग गर्नु पर्छ । तर हामी कहाँ सेना, प्रहरीको मुख ताक्ने चलन बढी छ । हामीलाई अरुले आएर सहयोग गर्नुभन्दा पनि समुदायले विपतको समयमा सहयोग गर्ने दक्ष जन शतिm तयार गर्नु पर्छ । समाजमा चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ यो ठुलो विडम्बना हो । हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो । प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ कहिले पानी पर्छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ । यी कुराहरु सबै मानिसहरुलाई थाहा छ । उनिहरुलाई जाडो कहिले शुरु हुन्छ ? गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरैथोरै हेक्का पनि छ तर हामी नेपालीहरुको विचित्रको बानी छ कोही जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ कोही यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ । हाम्रा स्थानीय सरकारहरुको पनि यस तर्फ ध्यान किन जादैन ? किन हामी चुप बसेका छौ ।
अहिले बर्खाको सिजन सुरु हुन लागेको अवस्था छ । यो पानी पर्ने वा बर्खा लाग्ने कुन समयमा हो भन्ने कुरा हिमाल पहाड तराईका सबै जनतालाई थाहा छ । बर्खामा के के समस्या आइलाग्छन भन्ने कुरा नागरिकलाइ भन्दा धेरै त सरकारलाइ थाहा छ । तर पनि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर , पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ । विपत व्यवस्था कसरी गने ? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ? यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्ने नागरिकलाइ जानकारी हुनुपर्ने हो । हामीकहाँ ठिक उल्टो परिपाटी छ । जव पहिरोले घरबारी बगाउँछ, मान्छेहरु पुर्छ , बाढीले तराइ क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यक्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु उठ्न थाल्छन । यी विषयहरु उठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छन्, धेरै नागरिक मरिसकेका हुन्छन्, तराईका घरहरु जलमग्न भएका हुन्छन । हामी समुदायले विपतको सामना गर्न र रक्षाको लागि तयारी गर्नु पर्छ होईन भने प्रत्येक वर्ष झै ठुलो क्षति व्यवहोर्नु पर्छ ।
गत साता पर्साको सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत माथि वडा अध्यक्षले बाटो रोकेर दुव्र्यहार गरेको घटना बाहिर आयो । घटनाको विरोधमा वीरगंज महानगर बाहेक १३ वटा स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएर स्थानीय तहको काम काज ठप्प पारे । विभिन्न तहमा भएको छलफल र वार्ता पछि अव देखि यस्तो नगर्ने तथा स्थानीय तहका कर्मचारीको सुरक्षाको जिम्मेवारी स्वयम गाउँपालिका अध्यक्षले लिने जस्ता विषयमा सहमति भए पछि ठप्प भएको स्थानिय तहको कामकाज सुचारु भएको छ । सखुवाप्रसौनी गाउँपलिकामा भएको घटना त बाहिर आएको मात्र हो यस्तो समस्या धेरै स्थानीय सरकारमा रहेका स्वयम गाउँ÷नगर प्रमुखहरु बताउछन । यो घटना बाहिर आएसंगै के स्वार्थका लागि यो घटना भएको हो भनेर आम जनताले चासो लिन थालेका छन । आम जनताको सेवा गर्ने भनेर राजनीति गरेका जनप्रतिनिधिहरु आफनो स्वार्थमा लागेको, आफनो स्वार्थ अनुसारको काम गराउन दवाव दिने गरेको, कामै नगरी भुतmानी गराउन खोज्ने जस्ता कारणले आफुहरु मर्कामा परेको कमर्चारीहरुले बताउदै आएका छन भने जनताको सेवक ठान्ने कर्मचारीहरु कमिशनको खेलमा लागेको, जनप्रतिनिधिलाई वेवास्ता गरेको गाउँ÷नगर प्रमुखहरुलाई नटेरेको, कार्यालयमा समय नदिएको जस्तो आरोप लगाउने गरेका छन । यदि दुवै पक्षले एक अर्कालाई लगाएको आरोप सहि हो भने आम जनताले कसलाई विश्वास गर्ने ? कर्मचारी र जनप्रतिनिधि दुवै जनता जनताकै सेवक हुन भने विवाद के का लागि ? आफनो स्वार्थ भन्दा पनि जनताको लागि काम गर्ने हो की ?
जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समयमै समाधान हुनुपर्ने आम जनताहरु बताउछन , दुवै पक्षले आआफ्नो जिम्मेवारीमा रहेर काम गर्दा समस्या नहुने आम नागरिकको बुझाई छ । संघीय मामिला मन्त्रालयका अनुसार संविधान र स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाले जनप्रतिनिधिले नीति बनाउने, कानुन बनाउने, योजना र बजेट बनाउने हो भने कर्मचारीले त्यसको कार्यान्वयन गर्ने हो । तर जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गर्न नसक्दा स्थानीय तहमा गम्भीर समस्या देखा पर्न थालेको छ । स्थानीय तहमा दुई पक्षबीच विवाद बढ्दा सेवा प्रवाह कमजोर बन्दै गईरहेको छ । जनप्रतिनिधिले जनतासँग गरेका वाचा तत्काल पूरा गर्न खोज्ने र ऐन कानुनको ख्याल नगर्दा केही समस्या देखिएको हुन सक्छ । जनप्रतिनिधिले वाचा गरेका योजनालाई ऐनकानुन र नियमअनुसार पूरा गर्नुपर्छ भने कर्मचारीले पनि स्वतस्फूर्त रूपमा सघाउनुपर्छ । जनप्रतिनिधिले कानुनविपरीत आफैं खाता र बजेट सञ्चालन गर्न खोज्ने प्रवृत्ति देखिन थालेकाले पनि समस्या बढेको बताइएको छ । कर्मचारीले पनि इमानदारीपूर्वक काम गर्नुभन्दा ढिलासुस्ती गर्ने र आफु ठुलो भन्ने प्रवृत्ति त्याग्न नसक्दा समस्या भएको नागरिक अगवाुहरुको बुझाई छ । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच देखिएको विवाद समाधान गर्न दुवै पक्षले ऐनकानुनअनुसार काम गर्नुपर्ने र कार्यविधि पनि सरल बनाउनुपर्ने देखिन्छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखहरु स्थानीय तहबाट सरकारी गाडी खरिद गरेर चढिरहेका छन भने आफु पनि के कम भनेर कर्मचारीहरु गाडीभाडमा लिएर चढने गरेको प्रवृति बढेको छ । जनताको चाहना अनुसार स्थानीय तहले काम गर्न सकिरहेका छैनन् । स्थानीय स्तरमा हुने विकास निर्माणको काम समयमा हुन सकिरहेको छैन । वर्ष भरी केही पनि नगर्ने तर असार मसान्तमा हतारमा बजेट सक्ने प्रवृति छदैछ । उपभोतmा समिति गठन गर्दा जनप्रतिनिधिले आफनो अनुकुल गठन गर्ने र आफनो मान्छेलाई राख्ने प्रवृति तथा कर्मचारीले कमिशन विना निकासा नगर्ने समाचारहरु बाहिर आईरहेका बेला कर्मचारी र जनप्रतिनिधि विच हुने गरेको विवादले के का लागि विवाह हुने गरेको जनताले बुझिरहेका छन ।