मधेश प्रदेश (पर्सा, बारा र रौतहट)का पत्रकारहरुलाई
– यदि तपाईँ मधेश प्रदेश ( पर्सा, बारा र रौतहट)मा कार्यरत पत्रकार हुनुहुन्छ भने
– यदि पत्रकारिता क्षेत्रमा तपाईँको अनुभव एकदेखि पाँच वर्षसम्म छ भने
– यदि तपाईँ मधेशका महिला, युवा तथा सिमान्कृत समुदायका मुद्दा उठान गर्न चाहनुहुन्छ भने
– यदि तपाईँ रेडियो, प्रिन्ट तथा मल्टिमिडिया स्टोरी निर्माणमा इच्छुक हुनुहुन्छ भने
हामी तपाईँसँग काम गर्न इच्छुक छौँ ।
हाम्रो अभियान पर्साले मधेश प्रदेश (पर्सा, बारा र रौतहट)का पत्रकारहरुका लागि रेडियो, प्रिन्ट तथा मल्टिमिडिया स्टोरी निर्माण गर्न प्रशिक्षण तथा फेलोशिप कार्यक्रमको गर्न गईरहेको छ जसअन्तर्गत मधेश प्रदेश (पर्सा, बारा र रौतहट)का महिला, युवा तथा सिमान्तकृत समुदायका मुद्दाहरुमा रेडियो, प्रिन्ट तथा मल्टिमिडिया स्टोरी। निर्माण गर्न हाम्रो अभियान पर्साले १० जना पत्रकारहरुलाई तथा फेलोशिप प्रदान गरिनेछ ।
फेलोशिपको अवधि ७ महिनाको हुनेछ ।
यदि तपाई इच्छुक हुनुहुन्छ भने हाम्रो अभियान पर्साको वेबसाइट मा रहेको फेलोशिप आवेदन फारम भर्नुहोस् ।
आवेदन फाराम को लागि यहाँ क्लिक गर्नुहोस्
https://forms.gle/uSx6LA7YPK2YC8We7
कृपया २०८० वैशाख ३० गते शनिबार ५.०० बजेभित्र आवेदन फारम भर्नुहोला ।
