जनताको प्रश्न जनप्रतिनिधिको जवाफ – Hamro_abhiyan https://hamroabhiyan.org जवाफदेहिताको खोजीमा..! Thu, 20 Apr 2023 06:31:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.2 https://hamroabhiyan.org/wp-content/uploads/2023/10/Logo_Hamro_Abhiyan-Logo-150x150.png जनताको प्रश्न जनप्रतिनिधिको जवाफ – Hamro_abhiyan https://hamroabhiyan.org 32 32 तन्नेरी संग मन्त्री ज्यू रहबर अन्सारी , पर्यटन तथा वन राज्यमन्त्री, मधेश प्रदेश (भिडीयो सहित) https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%82-__-rahb/ https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%82-__-rahb/#respond Thu, 20 Apr 2023 06:31:32 +0000 http://hamroabhiyan.org/?p=2192

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले आफु मन्त्री भएपछि मन्त्रालयमा बस्न थालेको बताउनुभयो । मधेश प्रदेशको मन्त्रालयमा मन्त्रीहरु नबस्ने र महिनामा एक÷दुई पटक बस्ने गुनासो सेवाग्राहीबाट आउँदा आफु मन्त्री बनेपछि पहिलो काम दिनहु मन्त्रालयमा बस्न थालेको बताउनुभयो ।

मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीहरु राजनितिक दवावमा काम गर्नुपर्ने अवस्था रहेको बताउँदै आफ्नो नियम र नितिमा रहेर काम गर्न कर्मचारीलाई आग्रह गरिएको बताउनुभयो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अन्सारीले संस्थापक प्रदेश सरकारले वातावरणिय ऐन नबनाएको बताउनुभयो । वातावरणिय ऐन बनाउन आफु तयारी थालिसकेको र यसमा समय लाग्ने बताउनुभयो । अब प्रत्येक जिल्लामा पर्यावरण निरीक्षक राखेर उद्योगको प्रदुषणबारे प्र्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा काम गर्ने आफ्नो तयारी रहेको उहाँले औल्याउँनुभयो । मन्त्री अन्सारीले एक वर्ष भित्रमा पर्यावरण अनुकूलका कलकारखान जनताले हेर्न सक्ने बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

वन पैदवारसँग जोडिने उद्यमशिलता कार्यक्रम ल्याउन आफु प्रयासरत रहेको उहाँले बताउनुभयो । यस कार्यक्रमलाई हल्दी र बाँस उत्पादनमा केन्द्रित गर्ने आफ्नो योजना रहेको बताउनुभयो । हल्दी अनुहार सौन्दर्य बनाउने क्रिम र विभिन्न औषधीको रुपमा पनि प्रयोग हुने भएको हुँदा आफ्नो प्रदेशमा यसको उत्पादन गर्ने योजना बनाएको बताउँदै हल्दीको माग नेपालभन्दा पनि भारत लगायत विदेशमा बढी रहेको मन्त्री अन्सारीले बताउनुभयो । त्यसैगरी बाँसको आयु ३० वर्ष रहेको भन्दै बाँसको उत्पादनले सरकारका अन्य योजना जस्तै जनता आवास कार्यक्रमका लागी पनि उपयुक्त रहको बताउनुभयो । यो कार्यक्रम युवासँग, उद्योगसँग र बजारसँग जोडेर ल्याउने प्रयासरत रहेको उहाँले बताउनुभयोे ।

मन्त्री अन्सारीले मधेश प्रदेशका महिलालाई उद्यमशिल बनाउने पछिल्लो सरकारले ल्याएको योजना विफल रहेको प्रष्ट पार्नुभयो । “पछिल्लो सरकारले महिलाहरुलाई व्युटिसियन, सिलाईकटाई लगायतका तालिम दिए पनि उद्यमशिल बनाउन सकेको छैन्” मन्त्री अन्सारीले भन्नुभयो । “सरकारले तालिम त दियो, सिप सिकायो तर उद्योग संचालनको लागी कुनै सहयोग नगरेको कारण उद्यमशिल बनाउन नसकेको बताउनुभयो । ग्रमिण महिलाहरुलाई उद्यमशिलता बनाउने योजनाका साथ आफु अगाडी बढि रहेको र यो आफ्नै कार्यकालमा जनताले हेर्नेछ, मन्त्री अन्सारीले भन्नुभयो ।”

वन फडानी भईरहेको तर्फ प्रदेश सरकारले के गर्दै छ ? भन्ने प्रश्नमा मन्त्री अन्सारीले मधेश प्रदेशमा करिब १६ करोडको बृक्षा रोपन कार्यक्रम रहेको तर त्यो कागजमा सिमित रहेको निरिक्षणको क्रममा भेटाएको भन्नुभयो ।

“वृक्षा रोपन काहाँ गरिएको छ ? भनेर कर्मचारीहरुलाई सोध्दा जंगल देखाउने गरिएको छ तर वृक्षारोपन गरिएको देखिदैन ।” अब पर्सा जिल्लामा यही अषाढ मसान्त भित्र १०० विग्घा जग्गामा जंगल लगाउने आफ्नो योजना रहेको मन्त्री अन्सारीले बताउनुभयो । वन डढेलो र चराचुरुङ्गी रोक्न आफुहरुसँग बजेट र योजना रहेको त्यसअनुसार आफु काममा लागी सकेको उहाँले बताउनुभयो ।

मन्त्री अन्सारीले वन संरक्षणमा खटिएका वन रक्षकहरु अस्वस्थ र अयोग्य रहेको भन्दै त्यहाँ युवाहरुको कमि रहेको बताउनुभयो । वन रक्षक राख्ने योजना संघ सरकारबाट प्रदेश सरकारको अधिनमा लिएर त्यहाँ योग्य र युवाहरुलाई वन रक्षकको रुपमा राख्ने योजनाका साथ अगाडी बढी रहेको उहाँले बताउनुभयो ।

हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के–के हुन् ? वातावरण प्रदुषणको समस्या समाधान गर्न, उद्योगमा सुधार ल्याउन के–के गर्दैछ ? दिनहुँ वन फडानी भईरहँदा वनलाई संरक्षण गर्न प्रदेश सरकारको योजना के कस्तो छ ? अबको प्रदेश सरकार कसरी अघि बढ्छ ? लगायतका प्रश्न गरेका थिए ।

]]>
https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%82-__-rahb/feed/ 0
तन्नेरीसंग प्रदेश सांसद https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6/ https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6/#respond Mon, 04 Jan 2021 09:36:57 +0000 http://hamroabhiyan.org/?p=2093 १५ पुस, वीरगञ्ज
प्रदेश २ सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा पछौटेपन हटाउँदै जन चाहना अनुसार विकासका काम हुन नसकेको ठहर उनीहरुको छ ।
वीरगञ्जमा आयोजित तन्नेरीसँग प्रदेश सभा सदस्य कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भिमा यादवले २० वर्षदेखि थाति रहेको जनताको चाहना केहि दिनमा पुरा नहुने बताए ।
‘प्रदेश २ मा धेरै समस्या छ, तर जल, जंगल जमिन जस्ता प्राकृतिक स्रोत साधन र जनशक्ति छ । तैपनि शिक्षा, स्वास्थ्य, रोजगारी सृजना गर्न सकेन । सरकार सञ्चालन गर्ने अनुभवको कमी देखियो ।’ प्रदेश सभा सदस्य गिरीले भने ‘भाषणबाजीको काम गर्ने, एकैछिन ताली बजाईदिएपछि रमाउने किसिमका काम गर्ने, आधारभूत समस्या समाधानमा जान नजाने, सोच र ईच्छाशक्तिको अभाव देखियो ।’
उनले कर्मचारीहरु र केन्द्र सरकारले असहयोग गरेको, स्थानीय सरकारमा गैरराजनीतिक अनुभव र उद्देश्य नभएका मानिस हल्लै हल्लामा जितेर आएको, तीन सरकारबीच समन्वयको अभाव देखिएकोे बताए । तीनै सरकार छाडा देखिएपनि नियन्त्रण गर्ने संयन्त्र नभएको उनी बताउँछन् ।
प्रदेश सभा सदस्य भिमा यादवले लामो समय जनप्रतिनीधि नहुँदा मान्छे छाडातन्त्रमा गईसकेको अवस्थामा उनीहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न नसकिएको बताईन् । सामाजिक विचारधारा नै परिवर्तन हुन नसकेकोले सामाजिक विभेद कायम रहेको उनको भनाई छ । तर महिला स्वयं पनि दोषी रहको तर्क उनले गरिन् ।
‘अझैपनि महिलालाई पहिलेको जमानामा जस्तै प्रताडित गर्ने, स्वतन्त्र भएर हिँड्न दिईदैन, लैंगिक हिंसा उत्तिकै छ ।’ उनले भनिन्, ‘झ्याल ढोका खुल्ला राख्नुहुन्छ भने चोर त घरमा पसेर चोरीहाल्छन् नी मैले यो कुरा भन्दा नराम्रो लाग्ला तर मोबाईल टिभी, फिल्म र ड्रेसअपले गर्दा नै विकृति फैलिएको हो । ’
उनले मेरो छोरीले कस्तो लुगा लगाएको छ ? यसमा अभिभावक जिम्मेवार बन्नुपन्र्ने बताईन् ।
प्रदेशको नाम नराख्दा दुई नम्बरी प्रदेश भने जिस्क्याउँन कहिले नाम र राजधानीको टुंगो लगाउनुहुन्छ त ? भन्ने तन्नेरीको जिज्ञासामा यादवले भनिन् ।
‘अरुले वागमति प्रदेश, कर्णाली प्रदेश राखेका छन्, त्यसैगरि हामीले नारायणी प्रदेश राखेर भएन ? सोचीराखेका छौं, पाँच वर्षमा त अवश्य नाम राखिसक्छौं ?’ उनले हाँस्दै भनिन् ।
प्रदेश सभा सदस्य गिरीले नाम र राजधानीका लागि प्रयास गरेको भएपनि टुंगो नलागको र अब बस्ने संसद बैठकहरुमा छलफल हुने बताए ।
युवा लक्षित काम गर्ने सोच आफूहरुको भएपनि जनस्तरबाट सडक, नाला, मठ मन्दिर धर्मशाला लगायतका भौतिक पूर्वाधार बनाईदिन माग आउने गरेको उनीहरुको भनाई छ ।
कार्यक्रममा सहभागी तन्नेरीहरुले प्रदेश २ मा लैंगिक हिंसा नियन्त्रणका लागि के कस्ता काम भईरहेको छ ? युवालाई लक्षित गरेर किन नराखेको ? प्रदेश विकासमा किन पछाडि छ ? जनचाहना अनुसार काम गर्न किन नसकेको लगायतका प्रश्न गरेका थिए ।
तन्नेरीहरुलाई गुनासो होईन, प्रश्न गर्ने बानीको विकास गराउन यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादवले बताए । प्रश्नले जनप्रतिनीधिलाई जिम्मेवार र जवाफदेहि बनाउने उनको भनाई छ ।

]]>
https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6/feed/ 0
कलैयामा तन्नेरीसँग मेयर, साढे ३ वर्षमा उल्लेख्य काम गरेको दावी https://hamroabhiyan.org/%e0%a4%95%e0%a4%b2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0/ https://hamroabhiyan.org/%e0%a4%95%e0%a4%b2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0/#respond Mon, 04 Jan 2021 09:28:46 +0000 http://hamroabhiyan.org/?p=2090 वीरगञ्ज – बाराको कलैयामा तन्नेरीसँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सक्रिय युवा युवतिहरुको समुह हाम्रो अभियान पर्साको आयोजनामा भएको कार्यक्रममा बाराका ३ वटा स्थानीय तहका प्रमुखसँग अन्तरक्रिया गरिएको छ ।

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता र परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहसँग तन्नेरीहरुले साढे ३ वर्षसम्मको अवधिमा गरेका कामकारवाही तथा अनुभवको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले साढे ३ वर्षको अवधिमा उल्लेख्य रुपमा परिवर्तन आएको जिकिर गर्नुभयो । भौतिक पुर्वाधारको विकाससँगै जनचेतनामुलक कार्यक्रमहरु पनि नगरपालिकाले सञ्चालन गरीरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने यादबको भनाई छ ।

त्यसैगरी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले समाजले हरेक कुरालाई सकरात्मक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले युवामुखी कार्यक्रमको लागी ठोस योजनाका साथ समुहगत रुपमा युवाहरु आए गाउँपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

यस्तै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहले समाजका हरेक क्षेत्रमा गाउँपालिकाले काम गरीरहेको दावी गर्नुभयो । महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, युवा लगायतका क्षेत्रमा सुधार र विकासका कार्यहरु भइरहेको उहाँको भनाई छ । संघियतापछि प्राप्त गरेको स्वतन्त्रताको महत्व नबुझेकाहरुले सडकमा राजतन्त्रको पक्षमा आवाज उठाउँदैमा लामो संघर्षपछि प्राप्त गरेको व्यवस्था नफेरीने दृढता व्यक्त गर्नुभयो ।

प्राविधिकि शिक्षा, सिपमुलक तालिम लगायतका योजनामा पनि गाउँपालिकाले लगानी गरेर युवाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ पनि गाउँपालिका अग्रसर रहेको साहले बताउनुभयो ।

कलैयाको विश्वास एफ एमबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको सहजिकरण हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादबले गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

]]>
https://hamroabhiyan.org/%e0%a4%95%e0%a4%b2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0/feed/ 0
तन्नेरीसंग मन्त्री ज्यु https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-3/ https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-3/#respond Thu, 10 Dec 2020 02:19:54 +0000 http://hamroabhiyan.org/?p=2086 ४ मंसिर, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामिण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् । जनअपेक्षा बढी नै भएपनि सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले गरेको काम सन्तोषजनक भएको उनको भनाइ थियो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जवाफदेहिताका लागि हाम्रो अभियानले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर संघ सरकारले सर्वाधिक कमजोर बनाइदिएको आरोप लगाए ।

‘संघीय व्यवस्थामा समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिएको थियो, तर संघ सरकारले विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर बनाइदियो,’ उनले भने, ‘सर्वाधिक आशा गरिएको प्रदेश २ पनि कमजोर बन्न पुग्यो । सरकारहरुबीच समन्वय अभाव, अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न सकिएन । तरपनि सन्तोषजनक काम भएको छ ।’

संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कार्य कानुन निर्माणमा प्रदेश २ सरकार अघि रहेको उनको दाबी छ ।

प्रदेश सरकारले संघियता प्राप्तिका लागि प्राणको आहुति दिने सहिद र घाइतेको सम्मान, उनीहरुको व्यवस्थापन, भौतिक पूर्वाधार विकास र सामाजिक विकासका लागि उल्लेख्य काम गरेको उनले बताए ।

‘प्रथम बैठकबाटै एक सहिद परिवार, एक रोजगारको निर्णय गर्‍यौं, माघ ५ गते बलिदानी दिवसको घोषणा गरेर सार्वजनिक विदा दिएका छौं । दलित सशक्तीकरण लगायत ३६ वटा ऐन ल्याइसकेका छौं । बेटी पढाउ, बेटी बचाउ लगायतक सामाजिक विकासका अभियान छन्,’ उनले भने, ‘हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बनाउने गरि काम भइरहेको छ । ४ जिल्लामा मझौला सिँचाइ आयोजना सञ्चालनमा छन् । प्रत्येक जिल्लामा दलित छात्रावास बनाएर हस्तान्तरण गर्छौं ।’

जनता आवास कार्यक्रममा डोम चमार मुसहर लगायतका जातिलाई प्राथमिकतामा राखिएको, प्रदेश परिवहन सुरु गर्न लागिएको समेत उनले बताए । सुरुमा मातहतका निकायको अभाव भएको, अहिले आएर कोरोनाका कारण विकासका काम गर्न समस्या भएको र संघीय सरकारका कारण रोजगारका लागि ल्याइएका प्रहरी ऐन जस्ता ऐन कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के-के हुन् ? बेरोजगारी समस्या समाधान गर्न, शिक्षामा सुधार ल्याउन के-के गर्दैछ ? स्थानीय तहमा देखिएको बेथिती अन्त्य गर्न प्रदेश सरकारको योजना के कस्तो छ ? जन अपेक्षा अनुसार काम नहुनुको कारण के हो ? बाँकी समयमा प्रदेश सरकार कसरी अघि बढ्छ ? लगायतका प्रश्न गरेका थिए ।

]]>
https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-3/feed/ 0
तन्नेरीसंग मन्त्री ज्यु https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-2/ https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-2/#respond Thu, 10 Dec 2020 02:15:24 +0000 http://hamroabhiyan.org/?p=2084 ४ मंसिर, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामिण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् । जनअपेक्षा बढी नै भएपनि सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले गरेको काम सन्तोषजनक भएको उनको भनाइ थियो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जवाफदेहिताका लागि हाम्रो अभियानले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर संघ सरकारले सर्वाधिक कमजोर बनाइदिएको आरोप लगाए ।

‘संघीय व्यवस्थामा समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिएको थियो, तर संघ सरकारले विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर बनाइदियो,’ उनले भने, ‘सर्वाधिक आशा गरिएको प्रदेश २ पनि कमजोर बन्न पुग्यो । सरकारहरुबीच समन्वय अभाव, अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न सकिएन । तरपनि सन्तोषजनक काम भएको छ ।’

संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कार्य कानुन निर्माणमा प्रदेश २ सरकार अघि रहेको उनको दाबी छ ।

प्रदेश सरकारले संघियता प्राप्तिका लागि प्राणको आहुति दिने सहिद र घाइतेको सम्मान, उनीहरुको व्यवस्थापन, भौतिक पूर्वाधार विकास र सामाजिक विकासका लागि उल्लेख्य काम गरेको उनले बताए ।

‘प्रथम बैठकबाटै एक सहिद परिवार, एक रोजगारको निर्णय गर्‍यौं, माघ ५ गते बलिदानी दिवसको घोषणा गरेर सार्वजनिक विदा दिएका छौं । दलित सशक्तीकरण लगायत ३६ वटा ऐन ल्याइसकेका छौं । बेटी पढाउ, बेटी बचाउ लगायतक सामाजिक विकासका अभियान छन्,’ उनले भने, ‘हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बनाउने गरि काम भइरहेको छ । ४ जिल्लामा मझौला सिँचाइ आयोजना सञ्चालनमा छन् । प्रत्येक जिल्लामा दलित छात्रावास बनाएर हस्तान्तरण गर्छौं ।’

जनता आवास कार्यक्रममा डोम चमार मुसहर लगायतका जातिलाई प्राथमिकतामा राखिएको, प्रदेश परिवहन सुरु गर्न लागिएको समेत उनले बताए । सुरुमा मातहतका निकायको अभाव भएको, अहिले आएर कोरोनाका कारण विकासका काम गर्न समस्या भएको र संघीय सरकारका कारण रोजगारका लागि ल्याइएका प्रहरी ऐन जस्ता ऐन कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के-के हुन् ? बेरोजगारी समस्या समाधान गर्न, शिक्षामा सुधार ल्याउन के-के गर्दैछ ? स्थानीय तहमा देखिएको बेथिती अन्त्य गर्न प्रदेश सरकारको योजना के कस्तो छ ? जन अपेक्षा अनुसार काम नहुनुको कारण के हो ? बाँकी समयमा प्रदेश सरकार कसरी अघि बढ्छ ? लगायतका प्रश्न गरेका थिए ।

]]>
https://hamroabhiyan.org/%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%81-2/feed/ 0
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का स्थानीयहरु सँग https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1-2/ https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1-2/#respond Thu, 30 Jan 2020 12:58:29 +0000 http://hamro.asitnepal.com/2/?p=2039

]]>
https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1-2/feed/ 0
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियासँग https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be/ https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be/#respond Wed, 03 Jul 2019 12:51:59 +0000 http://hamro.asitnepal.com/2/?p=2035 कार्यक्रम जनताके सवाल जनप्रतिनिधिके जवाफ मा आज वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियासँग नारायणी एफ.एम.१०३.८ मेगाहर्जमा

 

]]>
https://hamroabhiyan.org/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be/feed/ 0