शिवनाथ यादव
मेरो प्यारो वीरगंज
मेरो प्यारो वीरगंज आज तिमिलाई हेर्ने कोही छैन
जसलाई तिमिले हेरयौ आज उसले तिमिलाई हेरेन
जसलाई तिमिले मान्यौ आज उसले तिमिलाई मानेन
जसलाई तिमिले आफनो ठान्यो आज उसले तिमितिलाई आफनो ठोनेन
कसैलाई पैसा दियौ कसैलाई माया दियौ
यहाँ आउनेलाई केही न केही उपहार दियौ तर
तिमिलाई परेको बेला कोही हेरेन आज
आफनो स्वार्थ पुरा गर्न कसैले नाका थुने,कसैले नाका खोले
यही नाकाले कोही नेता बने कोही बने माननीय
तर आज यही नाकाले हामीलाई यहाँसम्म पुरयाउदाँ
उनीहरुले अर्कै नाका ( नागढुंगा ) रोजे, अर्कै नाका रोजे
अन्त कतै नजित्नेलाई यही जितायौ
अन्त कतै नटिक्नेलाई यही टिकायौ
अन्त कतै नबिक्नेलाई यही बिकायौ
आफनो छाक टारेर ती पापीहरुलाई पाल्यौ
तर आज हामीलाई पर्दा न त कसैले हेरे
न त कसैले केही गर्न खोजे ।
मेरो प्यारो वीरगंज,
तिमिलाई बेचेर कमाउनेहरु आज कता हराए
तिमि विरामी पर्दा उनीहरु आफनै पुर्खाैली तिर रमाए
तिमिलाई सन्चो हुदाँ तिमिसंग रमाउनेहरु अन्तै हराए
तिमि विरामी कुरु बस्ने जति अन्तै कतै हराए अन्तै हराए ।
वीरगन्जेलीको पिडा