शिवनाथ यादव
मेरो प्यारो वीरगंज
मेरो प्यारो वीरगंज आज तिमिलाई हेर्ने कोही छैन
जसलाई तिमिले हेरयौ आज उसले तिमिलाई हेरेन
जसलाई तिमिले मान्यौ आज उसले तिमिलाई मानेन
जसलाई तिमिले आफनो ठान्यो आज उसले तिमितिलाई आफनो ठोनेन
कसैलाई पैसा दियौ कसैलाई माया दियौ
यहाँ आउनेलाई केही न केही उपहार दियौ तर
तिमिलाई परेको बेला कोही हेरेन आज
आफनो स्वार्थ पुरा गर्न कसैले नाका थुने,कसैले नाका खोले
यही नाकाले कोही नेता बने कोही बने माननीय
तर आज यही नाकाले हामीलाई यहाँसम्म पुरयाउदाँ
उनीहरुले अर्कै नाका ( नागढुंगा ) रोजे, अर्कै नाका रोजे
अन्त कतै नजित्नेलाई यही जितायौ
अन्त कतै नटिक्नेलाई यही टिकायौ
अन्त कतै नबिक्नेलाई यही बिकायौ
आफनो छाक टारेर ती पापीहरुलाई पाल्यौ
तर आज हामीलाई पर्दा न त कसैले हेरे
न त कसैले केही गर्न खोजे ।
मेरो प्यारो वीरगंज,
तिमिलाई बेचेर कमाउनेहरु आज कता हराए
तिमि विरामी पर्दा उनीहरु आफनै पुर्खाैली तिर रमाए
तिमिलाई सन्चो हुदाँ तिमिसंग रमाउनेहरु अन्तै हराए
तिमि विरामी कुरु बस्ने जति अन्तै कतै हराए अन्तै हराए ।
वीरगन्जेलीको पिडा
शिवनाथ यादव
देशमा कयौ क्रान्तीहरु भए, क्रान्तीकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र,गणतन्त्र हुदै देशमा संघियता आयो । क्रान्ती गर्नेहरु सत्तामा आए । देशमा तीन तहको सरकार आयो । क्रान्ती गर्ने बेला देखि केषि क्रान्ती गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ती आयो तर व्यवहारमा कहिले आए । नीति तथा कार्यक्रममा कृषि क्रान्तीका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेन भन्दा पनि सरकारले दिन चाहेन । दिनेहरु नियतले दिएन । कृषि प्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकार नीतिमा कृषि क्रान्तीका कुरा गरे पनि कृषक सधे पिडित नै भए ।
रोपाई गर्ने बेलामा मल विउमा लफडा, धान फल्यो मुल्यमा लफडा, मकै रोप्यो व्यापारीको मनोमनी उचित मूल्यको अभाव, तरकारीमा पनि विचौलीयाको मनोमनी । कृषिमा गरेको लगानी पनि उठाउन नसक्ने भएपछि कसरी हुने हो कृषिमा क्रान्ती ? सधै किसानलाई समस्या भईरहने तर विचौलीया र व्यवसायी मोटाईरहने यस्तो छ यहाँको चलन । खेती गर्ने पनि उही पुरानो तरिका । नयाँ प्रविधि भनौ वा जे भनौ जनताका लागि ट्र्याक्टर एउटा साथी बनेको छ । त्यसमा पनि गरिबलाई राहत भन्दा पनि धनिका लागि कमाई खाने धन्धा ।
अहिले देशमा तीन तहको सरकार छ । सरकारहरुको नीतिमा त कृषि क्रान्तीका कुरा हुन्छ तर व्यवहारमा हुदैन । व्यवस्था परिवर्तन त भयो तर नीतिमा भएका कुराहरु व्यवहार देखिएन । व्यवस्था परिवर्तन होस अरु कुनै आन्दोलन, कुनै कार्यक्रमको भाषण होस वा मन्त्रीको पदभार ग्रहण भाषणमा क्रान्तीको कुरा नहुने कुरै छैन तर बजेट छुट्याउने र त्यसको कार्यान्वयन गर्ने बेलामा अनेको समस्या देखाईन्छ र कार्यान्वयन रोकिन्छ । तराइमा धान, गहु, मकैको खेती गरेर देश भरी अनाज पु¥याउने काम हुन्छ । तराई मधेशलाई अन्नको भण्डार भनेर पढदै आईरहेका छौ ।
हामीले पढने बेला देखि नै स्ुन्दै आएको यो कुरा अहिले पनि परिवर्तन भएको छैन । हुन त यो भनाई मात्र परिवर्तन नभएको होईन यो खेती शैली पनि परिवर्तन भएको छैन । पानी पर्ने समयमा धान लगाउने, काटने बेच्ने र साहुनको पैसा तिर्ने । बर्षमा दुई बाली मात्र लगाउने परम्परा अहिले पनि गएको छैन । परम्परा नगएको भन्दा पनि कृषिलाई आधुनिकिकरण गरिएन । किसानका लागि क्रान्ती भएन । सवैको लागि आधुनिकता आयो तर किसानका लागि आएन । बर्षको आधा दिन बाझो रहने जमिनका लागि कुनै पनि सरकारले सोचेन । असार १५ मा हलो जोत्नेहरु फर्केर कहिले पनि खेतमा गएनन ।
वर्षमा एक पटक फोटो खिचाउनका लागि हलो समात्नेहरु किसानका हात समातेन्न । किसानले उब्जाएको ताजा तरकारी मन पराउनेहरु किसानको समस्याको बारेमा कहिले ताजा बहश गरेनन अनि कसरी हुन्छ कृषिमा क्रान्ती ? कसरी हुन्छ किसानको पीडा कम ? अहिले कोभिड १९ को संक्रमणका बेला सवै उधोग धन्धाहरु बन्द भएका छन । बिदेशमा आफनो भविष्य उज्वल देख्नेहरु नेपालको भूमिमा आउनका लागि छटपटाईरहेका छन भने छिमेकी मुलुकमा गएकाहरु लामो संघर्ष गर्दै स्वदेश फर्केका छन ।
सवै कुरा बन्दा हु्दाँ सवैको आशाको केन्द्र बनेको छ कृषि । एउटा गमलामा भए पनि तरकारी रोप्नेहरु ठुलै काम गरेको झै सामाजिक संजालमा पोष्ट गरिरहेका छन । बाहिरबाट आएकाहरु पनि अव खेतीकिसानी गरेर भए पनि खाने तर बाहिर नजाने भनिरहेका छन । संघ देखि स्थानीय सम्म पनि कृषि क्रान्तीका चर्चाहरु चलिरहेका छन । कृषि प्रधान देशमा कृषिको चर्चा हुनु सुखद कुरा भए पनि चर्चामा आए जस्तो बजेट आएन । नारा त आयो तर कार्यक्रम आएन अनि कसरी हुन्छ कृषिमा क्रान्ती । अहिले अवस्थाामा पनि असारे विकास शुरु भएको छ ।
सडकमा माटो पुरी ग्रेवल गर्ने, प्रवेश द्धवार बनाउने र एक महिना भित्र बजेट सिध्याउने ? अहिले अवस्थामा खोई त धानको विउ वितरण गरेको ? खोई राहतमा मल खाद उपलब्ध गराएको ? संघिय सरकारले बजेट ल्याई सकेको छ भने प्रदेश सरकारहरुको आउने प्रकृयामा छ । स्थानीय सरकाहरुले भने कागजी रुपमा मिलाउने प्रकृयामा छन । संघिय सरकारले कृषमा ल्याएको कार्यक्रम प्रति स्वयम कृषि मन्त्री नै असन्तुष्ट रहेको कुरा बाहिर आईसकेकोले यसमा धेरै चर्चा नै गर्नु परेन ।
कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने, स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।
हुन त स्थानीय सरकारले मात्र के नै गर्न सक्छ र । सबैको आशा स्थानीय सरकारमा हुन्छ तर बजेट भने संघिय सरकारमा । वास्तमा अहिलेको अवस्थामा कृषिमा क्रान्ती गर्न चाहेको भए सम्भव पनि थियो किन भने हामीलाई चाहिने जनशतिmको अभाव अहिले छैन न त बजार नै नपाउने समस्या । नीतिमा कृषिका कुरा गर्ने तर व्यवहारमा गिटटी र बालुवाका कुरा गर्नेहको ध्यान यस तर्फ जाओस । कागजमा भन्दा पनि व्यवहारमा कृषि क्रान्ती होस् ।
म राजकिशोर पटेल । धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुर, पर्सामा बस्छु । हाम्रो ठाउँ वीरगन्जबाट अलि टाढै छ । दुई वर्ष पहिले हामी तीन जना साथी मिलेर कृषि क्षेत्रमा काम गर्न एक करोड दश लाखको लगानीमा कम्पनी खोल्यौं जसमा सत्तरी लाख विभिन्न ठाउँबाट ऋण लिएर अनि बाँकी चालीस लाख हामी सबैले मिलेर लगानी गरेका छौं ।
यसमा हामी तीनै जनाको बराबर लगानी छ । हामी माछापालन, भैंसीपालन, दूध वितरण तथा तरकारी खेती गरिरहेका छौं । फर्मको दूध बिक्री गर्न वीरगन्जको राधेमाई र मुर्ली चौकमा दुईवटा बिक्री केन्द्र छन् । चालीसवटा भैंसी छन् फर्ममा । दुई बिगाहमा पोखरी र दुई कट्ठामा तरकारी खेती छ । दुईवटा गाडी छन् सामान बजार पुर्याउन । यस कम्पनीमा १४ जना कर्मचारी छन् । मासिक खर्च हाम्रो तीन लाखको हराहारीमा हुन्छ । सामान्य अवस्थामा सबै खर्च तथा ऋणको ब्याज ८५ हजारसमेत तिरेर प्रत्येक पार्टनरलाई २० देखि ३० हजार नाफा भइरहेको थियो । कृषिमा पनि केही गर्न सकिन्छ कि भन्ने लागेको थियो ।
लकडाउनको ४५ औं दिनमा आइपुग्दा हाम्रो अवस्था फेरिएको छ । दूधको खपतमा ७० प्रतिशत घटेको छ । लकडाउनले गर्दा वीरगन्जबाट धेरै मानिस घर फर्किएका छन् जसका कारण दूध बिक्री घटेको छ । एकातिर दूधको उत्पादन रोक्न सकिंदैन भने अर्कोतिर बिक्री छैन जसका कारण दूध फाट्ने र नोक्सानी हुने गरेको छ । हप्ता, दुई हप्ताका लागि मात्र बन्द भएको भए दूधको अरू केही प्रकार बनाएर राख्न सकिन्थ्यो तर यति लामो दिन भएकोले त्यसको पनि सम्भावना छैन । सामान्य अवस्था भएको भए हामीलाई फोनमा कुरा गर्ने पनि समय हुँदैनथ्यो । तरकारीको पनि सिजन र माछाको पनि सिजन दूधको त कुरै नगरौं । भ्याई नभ्याई हुन्थ्यो यति बेला । सरकारले कृषि क्षेत्रलाई (दूध व्यवसायलाई) अति आवश्यक क्षेत्रमा राखे पनि समयमा-समयमा प्रहरीको अवरोध रोकिएको छैन । भैंसीलाई खान दिने दाना पनि महँगो भएको छ । अहिले हामी पूरै घाटामा गइरहेका छौं । कर्मचारीलाई हटाएका छैनौं तर उनीहरूलाई पूरै तलब दिन पनि सकेका छैनौँ । यस्तो विपत्मा के हटाउनु भनेर नहटाएको तर अब अति भयो भने त के गर्न सकिन्छ होला र ! ऋणको ब्याज पनि अहिले तिरेका छैनौं ।
सामान्य अवस्थामा फागुनदेखि बिहेको लगन, धार्मिक कार्यक्रम जस्ता कारणले दूधको माग बढ्ने र उत्पादन घट्ने समय हो । गत वर्षको यो अनुभवका आधारमा यस वर्ष चैत महिनामा भैंसी थप्ने र मागअनुसार दूध बेच्ने तयारी हामीले गरेका थियौं तर लकडाउनले गर्दा त्यसो गर्न सकिएन । लकडाउन नभएको भए अहिले हामीलाई मागअनुसारको दूध पुर्याउन धौधौ पर्थ्यो किनभने अहिले मुस्लिम समुदायको रमजान पनि चलिरहको छ ।
लकडाउनले गर्दा हामीलाई ठूलै असर परेको छ । हामीले उत्साहित भएर कृषि क्षेत्रमा लगानी गरेका थियौं तर अब लगानी डुब्ने अवस्थामा छौं । अहिलेको सिजनमा कमाउन सकेनौं भने असारपछि यसै पनि दूधको कारोबारमा मन्दी लाग्छ । दूध बिक्री हुँदैन । लगानी मात्र हुने भयो हाम्रो भनेर साह्रै डर लागिरहन्छ आजकल । हाम्रो आम्दानीमा सुधार हुने छाँट छैन तर ब्याज र खर्च भने बढ्दैछ ।
माछा निकाल्ने समय भए पनि अहिले बिक्री नभएकाले निकालेको छैन । गाउँघरमा थोरै मात्र निकालेर बेचेका छौं । तरकारी पनि वीरगन्ज जान सकेको छैन । गाउँघरमा लाग्ने बजार बन्द भएकाले सस्तो भाउमा गाउँमा बेच्दैछौं । तीनवटै व्यवसायमध्ये कुनैबाट पनि आम्दानी नभएको अहिले लगभग दुई महिना हुन लागिसक्यो । नबिग्रियोस् भनेर सस्तोमा बेच्न खोजे पनि किन्ने कोही छैन । शहरबजारमा भारतीय तरकारी आएर महँगोमा बिक्री भएको समाचार सुनिरहेका छौं तर हाम्रो उत्पादनबारेमा कसैको चासो छैन । स्थानीय सरकारले पनि यसको बारेमा सोचेको छैन । प्रदेश सरकारले राहत दिन्छ रे भन्ने सुनेको छ तर कहिले कसरी र कति दिने भन्ने विषय अझै राम्रोसँग आएको छैन ।
लकडाउनले जसरी हाम्रो व्यवसायमा असर गरेको छ सरकारले सहयोग गरेन भने हामी धरापमा छौं । अहिलेको सिजनमा हामी डुब्यौं भने अरूको सहयोग बिना उठ्न सक्दैनौं । हामी जस्ता धेरै कृषि व्यवसायीको पीडा यस्तै छ अहिले ।
यो कथा राजकिशोर पटेलसंग गरीएको कुराकानीमा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।